पहिरोले अवरुद्ध अरनिको राजमार्ग ४ घण्टापछि खुल्यो

सफल खबर संवाददाता

शनिबार, ०१ भदौ २०८१, १२ : १८
पहिरोले अवरुद्ध अरनिको राजमार्ग ४ घण्टापछि खुल्यो

काभ्रेपलाञ्चोक। सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग चार घण्टापछि खुलेको  छ ।राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा  पहिरो खस्दा आज बिहान छ बजेदेखि  सडक अवरुद्ध भएको थियो  ।

प्रहरी चौकी पाँच खालका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताए ।सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौं सवारीसाधन रोकिएका थिए । साना सवारीसाधनलाई वैकल्पिक सडकबाट पठाइएको थियो  ।

उक्त राजमार्गको जिरोकिलो–दोलालघाट सडक खण्डमा यसअघि पनि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस