अवरुद्ध अरनिको राजमार्ग १४ घण्टापछि एकतर्फी सञ्चालन

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १३ : ५७
अवरुद्ध अरनिको राजमार्ग १४ घण्टापछि एकतर्फी सञ्चालन

काभ्रेपलाञ्चोक ।  पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका— ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

सडक माथिबाट पहिरो खसिरहेकाले रातभर पन्छाउन असहज भएकामा बिहान ७ बजेदेखि दुई वटा मशिनले आंशिक पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै रहेको छ । यहाँ पहिरो खसेर करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो ।

गएरातिदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौं सवारी साधन रोकिएका थिए ।साना सवारीलाई भने वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइएको थियो ।

प्रतिक्रिया दिनुहोस