नवनियुक्त दुई संसदीय समितिका सभापतिले लिए शपथ

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, १८ : ५७
नवनियुक्त दुई संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौँ । नवनियुक्त दुई संसदीय समितिका सभापतिले शपथ लिएका छन् । सभामुख देवराज घिमिरेले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । 

संसदीय सुनुवाइ समितिको सभापति नेपाली काँग्रेसका सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा (एमाले)का सांसद ठाकुर गैरेले शपथ लिएका हुन् ।