काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई उच्च शिक्षा अध्ययनका लागि विदेशीहरूको गन्तव्य बनाउन सकिने प्रशस्तै सम्भावना रहेको बताएका छन्।
काँग्रेस शिक्षा नीति बहसलाई सम्बोधन गर्दै युवाहरूलाई स्वदेशमै रोक्ने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए। उनले कक्षा १२ पास हुनेबितिकै विद्यार्थीहरू विदेशीने डरलाग्दो समस्या देखिएको बताए।
उनले भने, ‘नेपाललाई विदेशी विद्यार्थीहरूका लागि उच्च शिक्षाको गन्तव्य बनाउने प्रशस्तै सम्भावना हुँदा हुँदै पनि यतैबाट नेपाली विद्यार्थीहरू बाहिरिनु सोचनीय विषय हो। युवालाई स्वदेशमै रहने वातावरण मिलाउन शिक्षालाई सीप र सीपलाई रोजगारीसँग जोड्न आवश्यक छ।’ शिक्षा क्षेत्रको आवश्यक सुधारका लागि नीतिगत सुधार गर्न काँग्रेसले पहल गर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न कांग्रेसले लगायो ह्विप
आफू कुनै पनि किसिमको आतंकवादको विरुद्धमा रहेको काँग्रेसको स्पष्टीकरण
बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
कांग्रेस पदाधिकारी बैठक बस्दै
काँग्रेसले नेपाली जनसम्पर्क समितिलाई थप देशमा विस्तार गर्ने
एमालेसँगको सहमतिमै टेकेर नीति कार्यक्रम आएको काँग्रेसको प्रष्टीकरण