काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा बातावरण मन्त्री ऐनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ । कोष संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार वन मन्त्री शाहीलाई कोषको अध्यक्षमा जिम्मेवारी दिएका छन ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९ अनुसार कोषको संरक्षकले अध्यक्ष तोक्न सक्ने ब्याबस्था रहेको छ । अघिल्लो पटक प्रधानमन्त्री हुदा केपी शर्मा ओलीले तत्कालीन वन मन्त्री प्रेम आलेलाई कोषको अध्यक्षमा जिम्मेवारी नदिई डाक्टर कृष्ण प्रसाद ओलीलाई कोष अध्यक्षको जिम्मेवारी दिएका थिए । यो पटक प्रधानमन्त्रीले वन मन्त्री शाहीलाई विश्वास गरि कोषको अध्यक्षको जिम्मेवारी दिएका हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनमन्त्री शाही र दक्षिण कोरियाका राजदूत पार्कबीच भेटवार्ता