काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्री शाहीले दक्षिण कोरिया र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउन नेपाल सरकार तयार भएको बताए । सोही भेटमा मन्त्री शाहीले दक्षिण कोरियाले नेपालका लागि विकास निर्माणमा सहयोग गरिरहेको र आगामी दिनमा कोरियाले नेपालको विकास निर्माणमा सहयोग गर्ने अपेक्षा रहेको बताए ।
उनले कोरिया सरकारले नेपालका हजारौँ युवालाई रोजगारी प्रदान गरिरहेको र नेपालले कोरियालाई पूर्ण सहयोग गर्नेसमेत बताए । साथै भेटमा उनले हालै अजरबैजानको राजधानी बाकुमा सम्पन्न जलवायु सम्मेलनमा नेपालले प्रमुख मुद्दाहरूलाई राखेको जानकारीसमेत गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, १८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही