लम्पी स्किन: बागमतीका ६१ हजार गाईबस्तुमा लगाइयो खोप

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, ०९ : ५३
लम्पी स्किन:  बागमतीका ६१ हजार गाईबस्तुमा लगाइयो खोप

हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुरु गरेको लम्पी स्किन विरुद्धको खोप अभियाननको छ दिनमा ६१ हजार गाईवस्तुमा खोप लगाइएको छ। 

यही साउन २५ गते शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी खोप अभियानको छैठौँ दिनसम्ममा ६१ हजार ६ गाईवस्तुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको हो। 

प्रदेशका १३ जिल्लामध्य् सबैभन्दा धेरै चितवनमा ८ हजार ३ सय १६ गाईभैँसीमा यो खोप लागाइएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु शाखा प्रमुख तथा खोप अभियानका फोकल पर्सन डा. सन्तोष अधिकारीले जानकारी दिए। 

अभियानको क्रममा हालसम्म सबैभन्दा कम खोप लगाउने जिल्ला भक्तपुर छ। भक्तपुरमा अहिलेसम्म २ सय  ९४ गाईभैंसीमा लम्पी विरुद्धको खोप लगाइएको छ। 

साउन २५ गते खोप अभियानको सुरुवातको दिन प्रदेशका १३ जिल्लाका कुल ७ हजार ५ सय ३३ गाईभैँसीमा यो खोप लगाइएको थियो। 

यस्तै दोस्रो दिन साउन २६ मा ९ हजार ९ सय ५६, २७ गते १३ हजार ४ सय ४०, २८ गते ११ हजार ८ सय १४, २९ गते १० हजार ५ सय ४६ र ३० गते ७ हजार ७ सय १७ गाईभैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको डा.अधिकारीले बताए। 

हालसम्म काठमाडौँमा ४ हजार ५ सय ५२ गाईभैंसीलाई लम्पी विरुद्धको खोप लगाइएको छ भने ललितपुरमा १ हजार ९ सय १२, धादिङमा ६ हजार ६ सय ६७, सिन्धुलीमा ५ हजार १ सय ९७ र रामेछापमा ३ हजार ८ सय १ गाईभैंसीमा खोप लगाइएको छ।

प्रतिक्रिया दिनुहोस