स्पेनिस ला लिगा आजदेखि सुरु हुँदै

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०८१, ०९ : १९
स्पेनिस ला लिगा आजदेखि सुरु हुँदै

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत २०२४–०२५ को नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुने उद्घाटन खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोली आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

ला लिगामा उपाधिका लागि २० टोलीबीच खेल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस