काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए । उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए ।
‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ’, उनले भने, ‘तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो ? भनेर प्रश्न गरिने गरिएको छ ।
उनले संविधान संशोधन गरेर जम्बो संसद्को आकार घटाउन सकिने बताए । ‘संसद्को जम्बो आकार घटाउन सकिन्छ । समानुपातिक समावेशी बढाउन सकिन्छ’, थापाको भनाइ छ । थापाले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ छोड्न नहुने बताए ।
‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले कसैलाई अप्ठेरो पार्न नहुने भन्दै भने, ‘विधिको शासन भनेको त्यही हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पार्टीलाई कांग्रेसमा मिसाएर महाधिवेशन सार्न मिल्दैन : गगन थापा
कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुन्छ : महामन्त्री थापा
चैतसम्ममा सबै विधेयक पारित गर्न संयन्त्र बनाएर काम गरिरहेका छौं : गगन थापा
निर्वाचनमा लोकप्रिय मत ल्याउने पार्टीले ५ वर्ष सरकार चलाउने व्यवस्था गर्छौं: गगन थापा
शेरादरबार, ललितानिवास, गिरिबन्धु सबैको फाइल खोलौँ : गगन थापा
जनताको आशा अनुसार वर्तमान सरकार चल्न सकेन : महामन्त्री थापा