ललितपुर । ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । आइतबारदेखि हराइरहेकी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार फेला परेको हो ।
काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी प्रन्सिकालाई कोन्जोसोम गाउँपालिका-३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएको थियो । उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे । उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उता सिन्धुलीको दुधौली नगरपालिका-९ जितपुर बस्ने ५१ वर्षीय सुरेश मलिकको सोही ठाउँस्थित लखीमा खोलाले बगाएर सोमबार बिहान मृत्यु भएको छ । मलामी गएको अवस्थामा अचानक खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीमाटी सडकमा एकाबिहानै पुरुषको शव भेटिएपछि
रुपन्देहीमा परालले छोपिएको अवस्थामा भेटियो महिलाको शव
४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास, इजरायलकै हमलामा मारिएको जिकिर
नग्न अवस्थामा महिलाको शव फेला
विमान र सैन्य हेलिकप्टर खसेको नदीबाट ४० शव निकालियो
मदन भण्डारी राजमार्गमा पुरुषको शव फेला