काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा दुई साता लामो प्रशिक्षणको अवसर पाएको छ।
यो अवसरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भारतको क्रिकेट नियमक बीसीसीआईलाई धन्यवाद दिएको छ।
नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। जसका लागि क्यानले बीसीसीआई र बीबीसीआईका सचिव जय शाहलाई धन्यवाद दिएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टिम आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत क्यानडामा हुने शृङ्खलाका लागि आवश्यक तयारी गर्न सोमबार मात्र भारत गएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य
पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई दियो १३९ रनको लक्ष्य
कुवेतविरुद्ध नेपाल १०८ रनले विजयी
नेपाली क्रिकेट टिमले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै