परीक्षा दिन विद्यालय गएका बालक बेपत्ता

सफल खबर संवाददाता

शनिबार, २० असोज २०७५, १५ : ५८
परीक्षा दिन विद्यालय गएका बालक बेपत्ता

चितवन l भरतपुर महानगरपालिका–२ निवासी १० वर्षीय बालक रोजन भट्टराई बेपत्ता भएका छन् । उनले विद्यालय लगेको झोला र सर्ट आज नदी किनारमा फेला परेको छ । 

प्रहरीले बालक नदीमा बेपत्ता भएको आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार शुक्रबार परीक्षा दिन स्थानीय भानु माध्यमिक विद्यालयमा गएका बालक बेपत्ता भएपछि खोजी कार्य थालिएको थियो ।

झोला र सर्ट नदी किनारमा फेला परेपछि प्रहरीले नारायणी नदीमा खोजी कार्य शुरु गरेको छ । बालक भानु माविमा कक्षा ४ मा अध्ययनरत थिए । 

प्रतिक्रिया दिनुहोस