काठमाडौं । बाँकेको शमशेरगन्ज नजिकैको मुवाखोला भन्ने स्थानमा शनिबार बिहान यात्रुबाहक बस र माइक्रोबस आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दाङबाट नेपालगन्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको माइक्रोबस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ७७२९ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृतकहरु सबै माइक्रो बसमा सवारहरु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गम्भीर घाइतेलाई उपचारका लागि नेपालगन्जतर्फ पठाइएको छ । दुर्घटनामा माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । अहिले घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीले उद्दार कार्यजारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० असोज २०७५, ११ : १८
लेखकबाट थप