हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम हुने

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, २० : ४५
हेलिकप्टर दुर्घटनाका मृतकको भोलि बिहानदेखि पोस्टमार्टम हुने

काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टम बिहीबार बिहानदेखि सुरू हुने भएको छ ।

 त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार सामान्यता पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने बताए । अबलाई घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ । 

नुवाकोटको शिवपुरीमा बिहीबार भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस