खनाललाई महानिरीक्षकबाट हटाइने निश्चित, कार्की महानिरीक्षक हुने पक्का

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १८ : ५५
खनाललाई महानिरीक्षकबाट हटाइने निश्चित, कार्की महानिरीक्षक हुने पक्का

काठमाडौँ । प्रहरी महानिरीक्षक भएको छोटो समयमै असफल साबित भएका सर्वेन्द्र खनाललार्इ महानिरिक्षकबाट हटाएर पछिल्लो समयमा गुमेको प्रहरी संगठनको साख जोगाउन नया प्रहरी महानिरिक्षकको खोजी सत्तारूढ नेकपा भित्र सुरूभएको छ ।

त्यसो त अनुदार सैलिका खनाललाई सुरूमै आइजिपी बनाउन हुँदैन भनेर चर्को दवाब रहेको थियो । खनाललार्इ आइजिपी बनाउनु पर्छ भनेर त्यतिबेला चर्को रूपमा लागेकाहरूपनि यतिबेला खनालको काम गराइबाट वाक्क दिक्क भएर खनालको विकल्प खोज्नु पर्दछ भनेर छलफल चाउन थालेका छन् । 

खनाललाई हटाउन प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले गोप्य छलफल अघि बढाएको र सहमति नजिक पुगेको नेकपा उच्च स्रोतले सफल खबरलाइ बतायो । खनाललको पद  बहाल गरेसंगै आन्तरिक प्रशासन चुस्त राख्न नसकेको, निर्मला पन्त बलात्कार हत्या, एसिड प्रहारलगायत अपराधमा संलग्नलाई कारबाही गर्न नसकेको, जनतालाई जिउधनको सुरक्षा प्रत्याभूति दिन नसकेको, कालोबजारी नियन्त्रणमा लिन प्रहरी प्रशासन असफल रहेको प्रहरी संगठन भित्र अराजकता मौलाउदै गएको र जसका कारण जनतामा निरासा पैदा भएको लगायत आरोप लगाउँदै खनाललार्इ बर्खास्त नै गर्नुपर्ने उनीहरूको जोड छ । जुन सत्य साहित भैसकेको छ । नेकपा भित्र खनाललार्इ जागिरबाटै बर्खास्त गर्ने वा प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर केही समय राख्ने भन्नेमा करिव करिव सहमती बनेको स्रोतले बताएको  । तत्काल हटाउँदा प्रतिपक्षको विरोधहुने सल्लाहकारमा राख्दा कुनै समस्या नआउने र केही समयमै खनालले जागिरबाटै राजिनामा दिने नेकपाको विश्वास रहेको छ । खनाललार्इ त्यसरी बर्खास्त गर्दा नकारात्मक सन्देश जाने भन्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर प्रहरीको नेतृत्वबाट विदा गर्ने विकल्प अघि सारिएको छ ।

संगठनलार्इ चलाएमान बनाउन सर्वेन्द्रले केही काम गरेको भए पनि निर्मला हत्याकाण्डमा खनाल अप्ठेरोमा परेका छन् । उनलार्इ यस काण्डमा ‘नखाउँ भने दिउँसभर सिकार खाउँ भने कान्छी आमाको अनुहार’ भनेको जस्तो भएको उच्च प्रहरीले स्रोतले जनाएको छ । स्रोतका अनुसार सर्वेन्द्रले आँट गर्ने हो भने निर्मलाका बलात्कारी २४ घण्टामा प्रहरीको कष्टडीमा पु¥याउन सम्भव छ ।

यता सर्वेन्द्रलार्इ हटाएर प्रहरीको नेतृत्वमा पुष्करलार्इ ल्याउने तयारी छ । पुष्करका निम्ति सुरूमै राष्ट्रपतिको दबाब रहेको चर्चा चलेको थियो । यद्यपी एक नम्बरमा रहेका खनाललार्इ आइजी बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । कार्की अहिले एक नम्बरका आइजी हुन ।  कार्की नेपाल प्रहरीभित्र इमानदार, कर्तव्य निष्ठ, प्रहरी संगठनलार्इ ल एन्ड अडरमा राख्न सक्ने सक्ष्म व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस