बजाजको महाएक्सचेन्ज मेलामा एक सय ५० वटा मोटरसाइकल कारोबार

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १८ : २८
बजाजको महाएक्सचेन्ज मेलामा एक सय ५० वटा मोटरसाइकल कारोबार

चितवन । भरतपुरको केन्द्रीय बस टर्मिनलमा सुरु भएको बजाज महा एक्सचेन्ज मेला सकिएको छ । मेला अवधीभरी त्यहाँबाट करिब एक सय ५० वटा मोटरसाइकलको कारोबार भएको बताइएको छ । 
मेलामा सहभागी भएका मध्ये लक्की ड्र मार्फत शेरबहादुर पौडेल, निर्मल कंडेल र सन्दिप थापाले इलेक्ट्रिक जग प्राप्त गरका छन् । हंसराज हुलास चन्द एण्ड कम्पनीले राजधानी बाहिर पहिलो पटक चितवनमा महा एक्सेन्ज मेलाको आयोजना गरेको थियो । मेलामा चितवनमा रहेका बजाज मोटरसाइलकका आधिकारिक बिक्रेताहरु नारायणगढको नारायणी मोटर्स, भरतपुरको एनके मोटर्स, टाँडीको निशास मोटर्स र पर्साको आशिर्वाद अटोमोबाइल्सले एकै स्थानबाट उपभोक्ताहरुलाई सेवा प्रदान गरेका थिए । 
मेलामा नयाँ मोटरसाइकल बिक्री, त्यसै ठाउँमा फाइनान्स सुविधा, जुन सुकै कम्पनीको पुरानो मोटरसाइलकसँग बजाजको नयाँ बाइक साटफेर, टेस्ट ड्राइभलगायतका सुविधाहरु प्रदान गरिएको थियो । बजाजको मोटरसाइकल टेस्ट ड्राइभ गर्नेहरुलाई आकर्षक पुरस्कार समेत प्रदान गरिएको नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले जानकारी दिए । नेपालमा बजाज कम्पनीको मोटरसाइकल सबैभन्दा बढी बिक्री हुने गरेको उल्लेख गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका सेल्स म्यानेजर श्रीधर भण्डारीले बजाजका मोटरसाइकलहरु नेपालमा बर्सेनि ९० हजार भन्दा बढी बिक्री हुने गरेको बताए । 
बजाज कम्पनीको एक सय ५० सिसिको पल्सर मोटरसाइकल बढी बिक्री हुने गरेको भण्डारीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस