काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरुमा, गण्डकी प्रदेशको थोरै स्थानहरुमा, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह