काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च १ लाख ५० हजारको रेकर्ड चुमेको छ । अघिल्लो साताको शुक्रबार १ लाख ४९ हजार ९ सय रुपैयाँको रेकर्ड बनाएको छापावाला सुनको मूल्यले सोमबार सो रेकर्ड तोडेको हो ।
अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो । तर आज तोलामा ३ सय रुपैयाँले बढ्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य स्थिर रहँदै आज पनि प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ लाख ९० हजार नाघ्यो, एकैपटक ३६०० बढ्यो
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
सुनको मूल्य फेरि बढ्यो, तोलामा १ लाख ८६ हजार पुग्यो