काठमाडौ । श्रीलंकाले दोस्रो एकदिवसीय खेलमा भारतलाई ३२ रनले हराएको छ।
आइतबार भएको दोस्रो एकदिवसीय खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा २ सय ४० रन बनायो। भारतलाई जितका लागि २४१ रनको लक्ष्य थियो। श्रीलंकाका लागि अविष्का फर्नान्डो र कामिदु मेन्डिसले सर्वाधिक ४० रन बनाए।
भारतका लागि वासिङ्टन सुन्दर सर्वाधिक सफल बलर बने। वासिङ्टन सुन्दरले तीन विकेट लिए।लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीको सुरुवात राम्रो थियो। कप्तान रोहित शर्मा र ओपनर शुभमन गिलबीच ९७ रनको साझेदारी भयो।
रोहित शर्माले ६४ रनको इनिङ खेले। निर्धारित ५० ओभरमा भारतीय टोलीले सबै विकेट गुमाए पनि ५० रन मात्र बनाउन सक्यो।तर रोहित आउट भएपछि भारतको विकेट नियमित अन्तरालमा गिर्दै गयो र भारतीय टोली २०८ रनमा अलआउट भयो।
भारतीय टोली हाल श्रीलंका भ्रमणमा छ, जहाँ उसले तीन एकदिवसीय खेलको शृंखला खेलिरहेको छ। यो शृङ्खलाको पहिलो खेल बराबरी भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, ०७ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट आयातित १२ टन दाल अखाद्य भएको पत्ता लागेपछि उतै फिर्ता
सीमा विवाद समाधान गर्न भारत र चीन तयारः सेना फिर्ता र गस्ती व्यवस्थापनमा सहमत
भारतले प्यालेस्टाइनका लागि ३० टन खाद्यान्न र औषधि सहयोग पठायो
भारतको बुलन्दशहरस्थित एउटा घरमा विस्फोट, ६ जनाको मृत्यु
भारतको हरियाणामा काँग्रेसको शुरुवाती अग्रता, बिजेपी पछाडी
भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट