ताप्लेजुङको आँखोप केन्द्रबिन्दु भएर भूकम्प

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १९ : ४९
ताप्लेजुङको आँखोप केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस