कञ्चनपुरमा बलात्कारको अभियोगमा १ पक्राउ, ३ जना अझै फरार

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १५ : १४
कञ्चनपुरमा बलात्कारको अभियोगमा १ पक्राउ, ३ जना अझै फरार

कञ्चनपुर : कञ्चनपुरमा पुन: बलात्कारको घटना दोहोरिएको छ । बेलडाँडी नगरपालिकाकी १९ वर्षीया युवतीको सामूहिक बलात्कार भएको छ । युवतीलाई गत असोज ९ गते चारजनाले बलात्कार गरेका थिए ।

बलात्कारी भनिएका चारजनामध्ये प्रहरीले २५ वर्षीय प्यारेलाल रानालाई पक्राउ गरेको छ । पप्पु राना, मन्त्री राना र मुकेश राना फरार रहेको प्रहरीले बताएको छ । फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस