काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका छन् । सिंहदरबारमा आइतवार बिहान भएको छलफलबाट रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सहज हुने अपेक्षा गरेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरूबीच छलफल भयो । यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ । आजको बिहानी खाजा भेटपछि म उत्साही छु,’ उनले फेसबूकमा लेखेका छन् ।
प्रधानमन्त्रीसँग छलफल गर्न क्यानका सचिव पारस खड्का, गायक प्रकाश सपूत, गायिका रचना रिमाललगायत सिंहदरबार गएका थिए । कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा अहिले पुनर्निर्माणको काम भइरहेको छ । ओलीले यससँगै अन्य क्रिकेट मैदानका विषयमा क्यानका पदाधिकारी, खेलाडी र खेलप्रेमी कलाकारसँग छलफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० साउन २०८१, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री