होटल व्यवसायी संघ चितवनको  अध्यक्षमा कृष्ण महतो चयन

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०७५, १३ : १०
होटल व्यवसायी संघ चितवनको  अध्यक्षमा कृष्ण महतो चयन

चितवन । होटल व्यवसायी संघ चितवन, नारायणगढ बजार इकाईको अध्यक्षमा ह्याप्पी होम होटेल कमलनगरका कृष्ण महतो चयन हुनु भएको छ ।

संघको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट महतोलाई  अध्यक्षमा चयन गरिएको हो । उहाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । 
समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा अर्जुन लामिछाने, कोषाध्यक्षमा विकास गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा सरोज पौडेल, अमित अधिकारी, विष्णुप्रसाद भुषाल, गोमादेवी सापकोटा, प्रकाश खड्का, राज केसी र धनबहादुर श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस