सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सफल खबर संवाददाता

विहीबार, १७ साउन २०८१, ११ : १३
सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १६ सय रुपैयाँले बढेको हो । 

बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस