इखुवा खोलाको बाढीले बगाएका १ जनाको शव फेला, १ अझै बेपत्ता

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, १२ : ०७
इखुवा खोलाको बाढीले बगाएका १ जनाको शव फेला, १ अझै बेपत्ता

भोजपुर। भोजपुरमा बाढीले बगाएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर रमेश थारूको शव फेला परेको हो ।

बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का थारूको शव आज बिहान अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए ।​​

इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारूसँगै बगेका २६ वर्षीय श्यामकुमार थारू हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताए । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारूको भने स्थानीयले उद्धार गरेका थिए ।

 

 

 

 

 

 

 

बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थायी बेस क्याम्प चौकीडाँडाको टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस