ललितपुरका ७ ठाउँमा डुबान, २४ जनाको उद्धार

सफल खबर संवाददाता

बुधबार, १६ साउन २०८१, ०८ : ४४
ललितपुरका ७ ठाउँमा डुबान, २४ जनाको उद्धार

File pic

ललितपुर । अविरल वर्षाका कारण ललितपुरमा ७ ठाउँमा डुबान भएको छ । डुबानमा परेका २४ जनालाई प्रहरीले उद्धार गरेको छ । 

युएन पार्कबाट दुई जना, सुन्दरी घाटबाट ८ जना, बालकुमारी पुलबाट १ जना र महालक्ष्मी नगरपालिका–७ स्थित चागाँथलीबाट ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । सानेपा राम मन्दिरबाट ६ जना मानिस र ८ वटा बाख्रा उद्धार गरिएको छ । 

ललितपुरबाट ३ बालक, ८ महिला र १३ जना पुरुष समेत गरेर २४ जनाको उद्धार गरिएको एसपी सुवेदीले जानकारी दिए । 

गएरातिको अविरल वर्षाको कारण च्यासल स्थित एमालेको पार्टी कार्यालय र फुटबल मैदानमा पानी पसेको छ । ललितपुर महानगरपालिका–२ स्थित सानेपा हुँदै शंखमुल करिडोर सम्मको सड्कमा बागमती नदी पसेको छ । 

इमाडोल स्थित किष्ट अस्पताल र पवन प्रकृति स्कुल आसपासको क्षेत्र डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस