माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १३ : ४०
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडौँ । माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार एक बजेछि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघिका बैठकमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने छन् ।

यसअघिका चार दिनसम्म बैठक छलफल हुँदा नेताहरूले अहिलेको अवस्थामा विचारको विकास र र पार्टी निर्माणबारे नेताहरूले आ–आफ्ना विचार राखेका थिए । खासगरी सत्ताबाट हट्नुका कारण, पछिल्लो राजनीतिक स्थिति र भावी रणनीतिबारे नेताहरूले धारणा राख्दै नेतृत्वमाथि प्रश्न राखेका थिए ।

आजको बैठकमा प्रचण्डले उठेका सोही प्रश्नको जवाफ दिने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । साथै बैठकले आगामी योजनाको प्रारूप तयारी गरी स्थायी समिति बैठक बोलाउन सक्ने उनले बताए । पदाधिकारी बैठक आजै सकिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस