केरलको वायनाडमा पहिरो जाँदा १५ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०८१, १० : ४७
केरलको वायनाडमा पहिरो जाँदा १५ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको केरल राज्यको वायनाड पहिरो जाँदा कयौँको मृत्यु भएको छ । मंगलबार वायनाडको मेप्पाडी नजिक पहिरो गएको थियो । यस घटनामा अहिलेसम्म १५ जनाको शव भेटिएको छ ।

५० जनालाई अस्पतालमा भर्ना गरिएको छ । पहिरोमा ठुलो सङ्ख्यामा मानिसहरू फसेको आशङ्का गरिएको छ । पहिरोमा परेर कति जना पुरिएका छन् भन्ने अहिले बताउन मुस्किल भएको राज्यका वनमन्त्री एके सासीनद्रनले बीबीसीसँग भनेका छन् ।

मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । एनडीआरएफ, कन्नुर डिफेन्स सेक्युरिटी कोर र हवाई बलको हेलिकप्टर उद्धार कार्यमा जुटेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा समस्या आइरहेको बताइएको छ ।

केरलमा गएको तीन दिनमा कयौँ स्थानमा मुसलधारे झरी परिरहेको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारको तर्फबाट सम्भव भएसम्मका हरेक मद्दत उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस