भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, ०८ : ५२
भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

File pic

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ ।

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको सङ्कट परेको हो । 

रिम्नावासी भावना रानाले भनिन्,“ अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ ।”  भेरी–१ रिम्नास्थित दिलमाया रानाले धारामा पानी आउन छाडेको करिब नौ महिना बितेको बताइन् । उनले भनिन्, “हाम्रो दुःख बुझ्ने कोही भएनन् ।  ”

प्रतिक्रिया दिनुहोस