कैलालीमा थप दुईजनामा हैजा पुष्टि

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, ०७ : ०४
कैलालीमा थप दुईजनामा हैजा पुष्टि

कैलाली । कैलालीमा थप दुईजनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका थप दुई जनामा हैजा पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठका अनुसार हैजा पुष्टि हुनेमा छ र आठ वर्षका बालक छन् । योसँगै हैजा पुष्टि हुनेको सङ्ख्या चार पुगेको छ ।

यसअघि सोही पशुपति टोलका २३ र २६ वर्षीय युवतीमा हैजा पुष्टि भएको उनले जानकारी दिए । 

दुवै बालक सेती प्रादेशिक अस्पतालमा उपचार गरी सङ्क्रमणको जोखिममुक्त भएर घर फर्किएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस