भरतपुर । भरतपुर महानगरपालिका १६ ब्रम्हपुरमा साउन १८ गतेदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ब्रम्हपुर युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको सेन्ट्रल टावरमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन १८ गतेदेखि सुरु हुने प्रतियोगिता भाद्र ३ गतेसम्म चल्नेछ ।
भंगेरीथान शिवघाटको मैदानमा हुने प्रतियोगितामा ४० टोली सहभागी हुने क्लबका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिए । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै बिभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगदसहित पुरस्कारको व्यवस्था गरिएको गुरुङले बताए ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा प्रतियोगिताको प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले प्रतियोगिताको सफलताको कामना गरे । शिवघाट क्षेत्र पर्यटकीय क्षेत्रको रुपपा बिकास भइरहेको भन्दै उनले यस प्रतियोगिताले त्यसमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले प्रतियोगिताको सफलताको कामना गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १६ : १६
लेखकबाट थप