सूचना तथा प्रविधिसँग सम्बन्धित सबै पुराना ऐन, कानुन र नीति खारेज हुन्छन् : सञ्चारमन्त्री गुरूङ

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १३ : २९
सूचना तथा प्रविधिसँग सम्बन्धित सबै पुराना ऐन, कानुन र नीति खारेज हुन्छन् : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानुन र नीति खारेज गरिने बताएका छन् । शुक्रबार क्यान महासंघले गरेको बीटूबी समिट २०२४ मा प्रविधि क्षेत्रका सबै पुराना नीति खारेज गरेर नयाँ नीति एक वर्षभित्रै बनाउने बताएका हुन् ।

‘सञ्चार तथा प्रविधि क्षेत्रमा पञ्चायतदेखिकै ऐन कानुन र नीतिले अहिलेसम्म शासन गरिरहेको छ। तर देशमा ठुल्ठूला परिवर्तनहरू भइसके पनि नीति र कानुनहरु परिवर्तन भएका छैनन्’, उनले भने, ‘त्यो ऐन कानुन र नीति नयाँ बनाउनेतर्फ लाग्छु ।’ उनले ब्रोडकास्टिङ ऐन र नीति अहिले पनि पञ्चायनकालकै रहेको भन्दै यसमा नयाँ जनादेश अनुसार बनाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले सूचना प्रविधि नीति तथा विधेयक बनाउन खुलेर सुझाव दिन सबैसँग आग्रह गरे । उनले मन्त्रालयले नीति कानुनमा क्यान महासंघ, एफएनसीसीआई, सीएन आई, प्रविधिका विज्ञलगायतसँग छलफल गरेर मात्रै नीति र कानुन बनाउनेतर्फ लाग्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस