विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्‍यो : गभर्नर अधिकारी

सफल खबर संवाददाता

शुक्रबार, ११ साउन २०८१, १३ : ०५
विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्‍यो : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् ।आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्य बढ्दा नेपालमा प्रभाव परेको बताएका हुन् ।

यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । विश्व बजारमा मूल्यवृद्धि कोरोना महामारीअघि पुग्न लागेको गभर्नर अधिकारीले बताएका छन् ।

यस्तै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।