अर्थ समितिको बैठक बस्दै, गभर्नरसँग छलफल गर्दै

सफल खबर संवाददाता

सोमबार, २४ असार २०८१, १० : ०२
अर्थ समितिको बैठक बस्दै, गभर्नरसँग छलफल गर्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै छ ।

दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस