आजदेखि उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, ११ : ०१
आजदेखि उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान

काठमाडौं। आजदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

शाखाप्रमुख गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई  स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपीभी’ खोप खुवाउने छन् ।

अभियान  १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस