उन्मुलनको १० वर्षपछि फेरि भेटियो पोलियो भाइरस

पत्रपत्रिकाबाट

आइतबार, ०६ साउन २०८१, ०८ : १६
उन्मुलनको १० वर्षपछि फेरि भेटियो पोलियो भाइरस

काठमाडौ । नेपालमा उन्मूलन भएको १० वर्षपछि
पोलियो भाइरस भेटिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन भएको घोषणा गरेको थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले प्रयोगशाला परीक्षणको नतिजा अनुसार काठमाडौँको टुकुचाखोलाबाट सङ्कलन गरिएको नमुनामा पोलियो भाइरस पुष्टि भएको बताए ।

उनले नेपालमा पोलियो उन्मूलन घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको बताएको खबर गोरखापत्रमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस