सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, ०८ : २८
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । 

नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि प्रदेश  प्रमुख नजिर मियाँले बैठक आह्वान गरेका थिए । 

प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको जानकारी दिए । 

फेरिएको राजनीतिक समीकरण अनुसार सुदूरपश्चिममा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।