एसीसी महिला एसिया कप क्रिकेट : नेपालले आज भारतको सामना गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, ०६ : ५५
एसीसी महिला एसिया कप क्रिकेट : नेपालले आज भारतको सामना गर्दै

काठमाडौ । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । नेपाल र भारतको खेल साँझ ७:१५ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ ।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जीत निकाल्दै विजयी शुरूआत गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । 

भारत निरन्तर जीत निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ भने नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जीत निकाल्नैपर्ने दबाब छ ।

समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ । समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तानको एक हार र एक जितसहित समान दुई/दुई अंक छ । रन रेटका आधारमा पाकिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा छ । यूएईले भने खाता खोल्न सकेको छैन । आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ ।

यूएईसँग पाकिस्तान पराजित भएर भारतविरुद्ध जीत निकाले नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । पाकिस्तान र यूएईको खेल दिउँसो २:१५ बजे शुरू हुनेछ ।

प्रतिक्रिया दिनुहोस