उपसभामुखबारे सदनमा रविः संसारले मानेको व्यक्तिलाई निर्मम आरोप नलगाऊँ

सफल खबर संवाददाता

आइतबार, ०६ साउन २०८१, १५ : ५८
उपसभामुखबारे सदनमा रविः संसारले मानेको व्यक्तिलाई निर्मम आरोप नलगाऊँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा रानाको प्रतिरक्षामा उत्रेका छन् । उपसभापति मुछिएको विवादबारे संसदमा बोल्दै उनले संसारले मानेको व्यक्तिलाई निर्मम आरोप नलगाउन आग्रह गरे ।

उपसभामुखमाथि छानबिनका लागि आफ्नो पार्टी तयार रहेको तर अप्रमाणित विषयमा गम्भीर आरोप लगाउन नहुने उनको भनाइ छ ।

लामिछानेको भनाइः

सिंगो जीवन जेलमा परेका बाबुआमाको सन्तानलाई न्याय दिन संघर्ष गरेकी एउटा विषय आउनेवित्तिकै मानव तस्करको आरोप लगाउने ? यति निर्मम भयौं हामी ? कसमाथि आरोप लगाएका छौं एकपटक सोची त हेरौं । प्रमाणित भएको छैन । विषय उठेको छ । संसारले मानेको व्यक्ति हो उहाँ । उहाँले चलाएको संस्थामा केही लाखका लागि रुन पर्दैन । संसारका एक से एक संस्थाले एक वचनमा करोडौं डोनेसन दिएको उदाहरण छन् । पार्टीको कुरा होइन, विरोध गर्ने सिलसिलमा भुल्नुभयो कि । यही सदनमा मात्र नभएर सडकमा पनि भिसा माग्ने मान्छेहरु यहाँ हुनुहुन्न ? अहिलेसम्म प्राप्त भएको विवरणअनुसार उपसभामुखज्यूले भिसाका लागि समय मिलाइदिन गर्नुभएको अनुरोध हो । पदीय मर्यादाविपरीत भयो कि भनेर आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । हामी न्यायिक वा कुनै पनि छानविनका लागि तयार छौं भनेर विज्ञप्ति जारी गरेका छौं ।

प्रतिक्रिया दिनुहोस