नेपालले ३९ रनमा पहिलो विकेट गुमायो

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १६ : ४६
नेपालले ३९ रनमा पहिलो विकेट गुमायो

काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर सीता रानामगरलाई गुमाएको हो । उनी १७ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भइन् ।उनलाई यूएईकी बलर कविसा एगोडेगले वैष्णवी महेशद्वारा क्याच गराइन् । ५.१ ओभरमा सीता आउट हुँदा नेपालले ३९ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस