ट्रम्प सत्तामा आए काम गर्न गाह्रो हुन्छ : जेलेन्स्की

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १० : ५८
ट्रम्प सत्तामा आए काम गर्न गाह्रो हुन्छ : जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । तर चुनावपछि अमेरिकाको जिम्मेवारी जोसुकैको हातमा गए पनि आफू काम गर्न तयार रहेको बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले भनेका छन् ।

केही दिनअघि ट्रम्पले ओहायोका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । युक्रेनमा जेसुकै होस् वास्ता नहुने भनेर ३९ वर्षीय जेडी भेन्सले यसअघि नै बताइसकेका छन् । भेन्स युक्रेनलाई युद्धका लागि आर्थिक सहयोग जुटाइदिने विरुद्धमा छन् ।

अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी भए भने अमेरिकाको युक्रेन नीति परिवर्तन हुने आशंका बढेको छ । युक्रेनमा के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छैन । 

त्यसैले अमेरिकासँग मिलेर काम गर्नुपर्ने जेलेन्स्कील भनाई छ । जेलेन्स्की हाल बेलायत भ्रमणमा छन् । उनले बिहीबार सम्बोधन पनि गरेका थिए । जेलेन्स्कीले यसअघि बेलायती प्रधानमन्त्री कीर स्टर्मरलाई पनि भेटेका छन् । स्टर्मरले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस