किभ । आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका हुन् ।
शनिबार राति एक टेलिभिजन सम्बोधनमा जालेस्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रतर्फ धकेलिरहेको पनि बताएका थिए । युक्रेनको अभियान सुरु भएको पाँच दिनपछि उनको यो बयान आएको हो ।
यस आक्रमणले रुसलाई स्तब्ध पारेको छ भने सीमाको दुबै तर्फ बसोबास गरिरहेका सर्वसाधारणलाई अन्यत्र सार्ने प्रयास भइरहेको छ।आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटको खबर आएको थियो ।
शनिबार आफ्नो सम्बोधनमा जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूभागमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमान्डर ओलेस्कांद्र सिस्र्कीसँग छलफल गरेको बताएका थिए । युक्रेनले न्याय सुनिश्चित गर्न सक्छ अनि आक्रमण गर्नेहरूमाथि दबाब बनाउन सक्छ भन्ने प्रमाणित गरिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेलेन्स्कीद्वारा युक्रेनको ‘सुरक्षा सुनिश्चितता’ का लागि माग
ट्रम्प सत्तामा आए काम गर्न गाह्रो हुन्छ : जेलेन्स्की