द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १४ : २४
द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छोरी छन् । श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।

श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर लामो समय काम गरेको अनुभव छ । श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् । उनले विभिन्न ट्राभल एजेन्सी समेत चलाइरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस