कोरियन ओपन कराँतेमा नेपाली खेलाडीलाई एक स्वर्ण र दुई रजत

सफल खबर संवाददाता

मंगलबार, ०१ साउन २०८१, १५ : ३१
कोरियन ओपन कराँतेमा नेपाली खेलाडीलाई एक स्वर्ण र दुई रजत

काठमाडौँ । दक्षिण कोरियाको बुसानमा सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडीले एक स्वर्ण र दुई रजत पदक जितेका छन् ।प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले स्वर्ण पदक जितेका हुन् । अनिलले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका हुन् ।

यसैगरी, नेपाली खेलाडी जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका छन् । उनले पुरुषतर्फको सिनियर एकल कातामा रजत पदक जितेका हुन् । उनले कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा पनि रजत पदक जिते । उनी प्रतिस्पर्धात्मक फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भएका थिए ।

लम्जुङका गुरुङ हाल वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । प्रतियोगितामा नेपालबाट दुईजना रेफ्री पनि सहभागिता जनाएका थिए । महेश महर्जन र चित्रबहादुर श्रेष्ठले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगितामा आयोजक दक्षिण कोरिया, नेपाल, हङ्कङ, फिलिपिन्स, इन्डोनेसिया, मलेसिया, क्यानडा, पाकिस्तान, कजाकस्तान, उज्बेकिस्तान र भारतका खेलाडीको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस