वाशिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भावी राष्ट्रपतिका रूपमा जिताउन उनको चुनावी अभियानलाई महिनै पिच्छे साढे ४ करोड डलर दान दिने भएका छन् ।
वाल स्ट्रिट जर्नलले छापेको समाचार अनुसार मस्कको सो दान अमेरिका पीएसी नाम गरेको राजनीतिक समूहमार्फत जानेछ ।यो समूहले नोभेम्बरमा हुन लागेको मतदानअघि मत अदल बदल धेरै नै हुने राज्य अर्थात् स्विङ्ग स्टेटमा चुनावी अभियान तीव्र बनाउन काम गरिरहेको छ ।
यो समूहलाई क्यानडाका लागि पूर्व अमेरिकी राजदूत केली क्राफ्ट, क्रिप्टो लगानीकर्ता टेलर र क्यामरन विङ्कलेभोस जस्ता कयौँ ठुलो मतदाताले दान दिइरहेका छन् । मस्क पनि यिनैमध्ये एक हुन् ।शनिबार पेन्सिभेनियामा आयोजित एक चुनावी र्यालीमा भएको गोली काण्डमा ट्रम्प भाग्यले बाँचेपछि मस्कले अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उम्मेदवारीलाई औपचारिक रूपमै समर्थन गरेका थिए ।
मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । मस्कको नेटवर्थ साढे २ खर्ब डलर आसपास रहेको छ । सन् २०२४ को चुनावी अभियानको समयमा मस्क र ट्रम्पको मित्रता बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्मार्टफोन र कम्प्युटरमा लगाइएको करबाट पछि हटे ट्रम्प
अतिरिक्त भन्सार महसुलमा व्यवहार ठिक भएनः ट्रम्प
५ लाख ३० हजार आप्रवासीहरू बारेमा ट्रम्पले लिए ठुलो निर्णय
ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की
उत्तर कोरियाली नेता किमसँग अझै सुमधुर सम्बन्ध छ : ट्रम्प
ट्रम्पले उच्च सैन्य अधिकारीलाई पदबाट हटाए