स्पेनले जित्यो युरोकपको उपाधि

सफल खबर संवाददाता

सोमबार, ३१ असार २०८१, ०६ : ३८
स्पेनले जित्यो युरोकपको उपाधि

काठमाडौँ । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।  विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।

त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए । 

योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरोकपको उपाधि जितेको छ ।  स्पेनले यस अघि १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । 

त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरोकपको उपविजेता बनेको छ । 

प्रतिक्रिया दिनुहोस