काठमाडौं। बाढीपहिरोका कारण देशभर १ सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ ।सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
विभागका प्रवक्ता सुनिल पोखरेलका अनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, पुष्पलाल (मध्य पहाडी) राजमार्गलगायत एक सय १९ सडकखण्डमा एकतर्फी रुपमा यातायात सेवा सञ्चालन भएको छ ।डुम्रे–बेँसीशहर–चामे, विराटनगर–इटरी धरान, तानसेन–रिडी–कोरालालगायत सडकखण्ड पूर्णरुपमा अवरुद्ध छन् ।जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म मुलुकभर वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको उच्च जोखिम रहेको जनाएको छ ।
विभागका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको तथा उक्त रेखा अझ नेपालतर्फ सरेकाले आजदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित भएको छ ।
यी दुबै प्रणालीको प्रभावले शनिबारसम्म नै नेपालमा मनसुन सक्रिय हुने सम्भावना छ । देशभर साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा समेत भारी वर्षाको सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ असार २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काभ्रे बाढीपहिरो : सात महिनापछि निजी आवासको क्षति आकलन सुरु
बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माण
कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि ७ लाख ७७ हजार सहयोग
बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए