राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि एकैसाथ अनुसन्धान थालियो

पत्रपत्रिकाबाट

मंगलबार, २५ असार २०८१, ०८ : २०
राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि एकैसाथ अनुसन्धान थालियो

काठमाडौ । मुलुकमा अस्वाभाविक रूपमा हुने गरेको राजस्व चुहावट रोक्न राजस्व अनुसन्धान विभागले देशभरमा गरी राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि एकैसाथ विस्तृत अनुसन्धान अघि बढाएको छ ।

विभागले केन्द्रमा १० वटा टोली र बुटवल, पथलैया, इटहरी र कोहलपुर कार्यालयमा ४ वटा टोली गरी ती फाइलको विस्तृत अनुसन्धान गर्न १४ वटा टोली परिचालन गरेको छ ।

निर्देशकका रूपमा रहेका अनुसन्धान अधिकारीको नेतृत्वमा रहने सो टोलीलाई कम्तीमा सय वटा फाइलहरू अनुसन्धान गरी शीघ्र टुंग्याउने जिम्मेवारी दिइएको विभागले जनाएको छ।

विभागमा हालसम्म विभिन्न प्रकृतिका गरी ३ हजार २ सय उजुरीहरू रहेका छन् । ती उजुरीहरूमाथि छानबिन गरी विभागले १ हजार ४ सय उजुरीहरूमाथि विस्तृत अनुसन्धान अघि बढाएको हो। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस