किन भारतलाई ‘व्यंग्य’ गर्दै ट्रम्पले ‘ट्यारिफ किँग’ भने?

एजेन्सी

मंगलबार, १६ असोज २०७५, १० : ००
किन भारतलाई ‘व्यंग्य’ गर्दै ट्रम्पले ‘ट्यारिफ किँग’ भने?

बीबीसी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकासँग तत्काल व्यापार वार्ता गर्न उत्सुक भएको बताएका छन् । भारतलाई ट्यारिफ किंग अर्थात विदेशी आयातमा चर्को कर लगाउने देशको संज्ञा दिँदै उनले भारतीय अधिकारीहरू उनलाई खुशी पार्न चाँडै व्यापार वार्ता गर्न इच्छुक भएको बताए ।

किन?
आफूले पनि भारत तुरुन्तै अमेरिकासँग वार्ता गरोस् भन्ने चाहेको ट्रम्पले बताए ।

उनले अमेरिकी मोटरसाइकल हार्ले डेविडसनको उदाहरण दिँदै भारतले तिनको आयातमा शतप्रतिशत कर लगाएकोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दा यसअघि कुनै अमेरिकीले यसबारे कुरा नगरेको जनाएको बताए ।

साथै तिनको आयात कर कम गर्न वाचा समेत गरेको ट्रम्पले बताए । सो कुराकानीपछि भारतले सो मोटरसाइकलमा लगाइएको कर केही कम गरे पनि त्यो पर्याप्त नभएको उनले टिप्पणी गरे ।

गुनासो
यसअघि पनि ट्रम्प प्रशासनले अमेरिकी उत्पादनहरूमाथि भारतले ज्यादा आयात शुल्क लगाएको गुनासो गरिएका थिए ।

केही दिनयता मात्रै ट्रम्पले भारतमाथि यस्तो आरोप दुई पटक लगाइसके । साथै उनले अमेरिका भित्रिने भारतीय उत्पादनमा पनि चर्को आयात शुल्क लगाउने धम्की दिएका छन् ।

भारत र अमेरिकाबीचको व्यापारमा रहेको 'खाडल' कम गर्न भारतमाथि लगातार दबाब परिरहेको छ । हाल दुई देशबीचको व्यापार अन्तर करिब २५ अर्ब डलर जति छ ।
 

प्रतिक्रिया दिनुहोस