काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशबारे जानकारी गराए ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको बेहोराबारे जानकारी दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असार २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख घिमिरेले गराए प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्यको जानकारी
जनताले चाहे गणतन्त्र जान्छ, नहोच्याउनुस् : राजेन्द्र लिङ्देन
संसद् बैठक अझै बस्न सकेन
प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक सर्यो
प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित